• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लेखापढी व्यवसायीको कार्यालय संचालनमा रोक

लेखापढी व्यवसायीको कार्यालय संचालनमा रोक
न्यूज टुडे
राजविराज,०१ चैत । 
भुमि सुधार तथा मालपोत कार्यालय  सप्तरी राजविराजको परिसर भित्र लेखापढी व्यवसायीको कार्यालय संचालनमा रोक लगाइएको छ । भुमि सुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजले आइतबार एक सूचना जारी गर्दै कार्यालय संचालनमा रोक लगाएको हो । 
कार्यालय प्रमुख किशोर कुमार रामले सूचना जारी गर्दै कार्यालय हाता भित्र लेखापढी व्यवसाय/संघसंस्थाको कार्यालयको परिसर भित्र रहेको कार्यालय बन्द गर्न आग्रह गरेका छन् । 
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त पत्र तथा निर्देशन अनुसार यस्तो निर्देशन गरिएको कार्यालय प्रमुख रामद्वारा जारी सूचनामा उल्लेख छ । 
कार्यालय हातामा रहेको लेखापढी व्यवसायको कार्यालय बन्द गरि उक्त स्थानमा मोठ/श्रेष्ता व्यवस्थापन गरिने सूचनामा भनिएको छ । कार्यालय भित्र अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन मन्त्रालयले गरेको परिपत्र बमोजिम यस्तो निर्देशन दिइएको सूचना भनिएको छ । 
‘कार्यालयको मोठ फाँटमा प्रवेश गरि कार्यालयको मोठ श्रेष्ता, विवरण समेत हेर्ने गरेको हुँदा त्यस कार्यालयहरु अविलम्ब रोकी सहयोग गर्न हुन यो सूचना प्रकाशन गरिएको छ’ मालपोत कार्यालय सप्तरीद्वारा जारी सूचनामा उल्लेख छ ।