न्यूज टुडे
राजविराज,२४ फागुन ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) की उम्मेदवार पुष्पा कुमारी चौधरी विजयी भएकी छन् । राष्ट्रिय स्वाभिमान पार्टीका सुनिता कुमार साहलाई भारी मतान्तरले पराजित गर्दै साहले विजयी हाँसिल गरेका हुन् ।
आइतबार विहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवार चौधरीले ३८ हजार १ सय ९५ मत प्राप्त गरि विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वभिमान पार्टीका साहले ७ हजार ८ सय ४७ मत पाएका छन् ।
यसैगरी नेकपा एमालेका सुमनराज प्याकुरेलले ७ हजार ६ सय ५२ मत, नेपाली काँग्रेसका रामदेव साहले ६ हजार ९ सय ९४ मत, जनमत पार्टीका डा. जयकान्त राउतले ४ हजार ८ सय ३३ मत, जसपा नेपालका श्यामसुन्दर सरदारले २ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका रविन्द्र चौधरीले १ हजार ६ सय ५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजीत कुमारी झाले ४ सय २२ मत र नेपाल जनता संरक्षण पार्टीका न्रेम राज जोशीले २ सय ९८ मत, उज्यालो नेपाल पार्टीका हर्ख नारायण चौधरीले २ सय ८९ मत ल्याएका छन् ।
जारी मतगणना अनुसार सप्तरी २ र ३ क्षेत्रमा समेत रास्वपाका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।