न्यूज टुडे
राजविराज,२३ फागुन ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का उम्मेदवार सिताराम साह विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार तेजुलाल चौधरीलाई तेब्बर मतान्तरले पराजित गर्दै साहले विजयी हाँसिल गरेका हुन् ।
शनिबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवार साहले ३६ हजार ४ सय १२ मत प्राप्त गरि विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चौधरीले १३ हजार १ सय ३ मत पाएका छन् ।
यसैगरी जसपा नेपालकी डा. बबी सिंह यादवले १० हजार २ सय ८० मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीकी रुवी कुमारी कर्णले १ हजार ७ सय ९ र नेकपा एमालेका उम्मेदवार गंगा प्रसाद चौधरीले १ हजार १ सय ७७ मत ल्याएका छन् ।
सप्तरीको अन्य क्षेत्रमा समेत रास्वपाका उम्मेदवार अग्रता कायम गरेका छन् ।