• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी ३ मा मतान्तर बढाउँदै रास्वपा : २४ सय बढी मतले अग्रता

सप्तरी ३ मा मतान्तर बढाउँदै रास्वपा : २४ सय बढी मतले अग्रता
न्यूज टुडे
राजविराज,२३ फागुन ।  
 प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा सप्तरी निर्वाचन क्षेत्र ३ मा  राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । जसपा नेपालका उम्मेदवारलाई पछि पार्दै रास्वपाले अग्रता लिएका छन् । शनिबार ०१ :०० बजे सम्मको मतपरिणाम अनुसार ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् ।
सप्तरी ३ मा  रास्वपाका चौधरीले २ हजार ४ सय ८ मतले जसपा नेपालका यादवलाई पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरीले अग्रता लिएका छन् । उनले १०  हजार २७ मत प्राप्त  गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी  जसपा नेपालका उम्मेदवार उपेन्द्र यादव पछ्याउँदै छन् । उनले हालसम्म ७ हजार ६ सय १९  मत पाएका छन्  भने नेपाली काँग्रेसका दिनेश यादवले ४ हजार ८९ मत प्राप्त  गरेका छन् ।
 विष्णुपुर गाउँपालिका राजगढ गाउँपालिका र रुपनीका १ र २ वडाको मतगणना सकिदा अमरकान्तले अग्रता कायम गरेका हुन् ।  यसअघि  विष्णुपुर १,२ र ३ नम्बर वडाको मतगणना सकिदा  यादव अगाडि थिए । 
यसैगरी एमालेका ताराकान्त चौधरी १  हजार ७ सय ९१ जनमत पार्टीका सुरेन्द्र मधेसीले ९ सय ९६, ,नेपाली कम्युनिस्ट पार्टीका अरुण कुमार साहले ५ सय  ६६ मत प्राप्त गरेका छन् ।  
चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार पुष्पा चौधरी, क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रामजी यादव र क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार सिताराम साहले अग्रस्थान कायमै राखेका छन् । 
यस पटक सप्तरीका चारै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा।स्वतन्त्र गरी कुल १ सय १ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार जिल्लाभर करिब ६८ प्रतिशत मत खसेको जनाएको छ ।
हाल सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको शनिबार  राती सम्म अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।