• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरी ३ मा जसपा नेपालको अग्रता
न्यूज टुडे
राजविराज,२२ फागुन ।  
 प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा सप्तरी निर्वाचन क्षेत्र ३ मा जसपा  नेपालले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै जसपा नेपालले अग्रता लिएका छन् । शुक्रबार साँझ ०७ :३० बजे सम्मको मतपरिणाम अनुसार ३ निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरु १ स्थानमा जसपा नेपालl अग्रस्थानमा रहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २  हजार ९५ मत प्राप्त  गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका उम्मेदवार अमरकान्त चौधरीले झिनो मतान्तरले पछ्याउँदै छन् । उनले हालसम्म २ हजार ५८ मत पाएका छन्  भने नेपाली काँग्रेसका दिनेश यादवले ९ सय  २ मत प्राप्त  गरेका छन् ।
हाल विष्णुपुर गाउँपालिका १ र २ को मतगणना सकिदा उपेन्द्र यादवले अग्रता कायम गरेका हुन् ।  यसअघि १ नम्बर वडाको मतगणना सकिदा रास्वपाका चौधरी अगाडि थिए । 
यसैगरी जनमत पार्टीका सुरेन्द्र मधेसीले १ सय ९५, एमालेका ताराकान्त चौधरी १ सय ८,नेपाली कम्युनिस्ट पार्टीका अरुण कुमार साहले ४६, नेपाल जनता पार्टीका सन्तोष कुमार चमनले ११ मत प्राप्त गरेका छन् ।  
चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार पुष्पा चौधरी, क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रामजी यादव र क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार सिताराम साहले अग्रस्थान कायमै राखेका छन् । 
यस पटक सप्तरीका चारै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा।स्वतन्त्र गरी कुल १ सय १ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार जिल्लाभर करिब ६८ प्रतिशत मत खसेको जनाएको छ ।
हाल सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको शनिबार सम्म अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।