• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको कञ्चरुपमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

सप्तरीको कञ्चरुपमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते
न्यूज टुडे
राजविराज,२० फागुन । 
सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुर स्थित साइफनमा बुधबार हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीय ६९ बर्षीय खड्गमति राई हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी हुन् । 
गोठालो गएकी राईलाई दिउँसो ३ बजे एक्कासी हात्तीले आक्रमण गरि घाइते बनाएको स्थानीयले जनाएको छ । 
हात्तीको आक्रमणमा परि गम्भीर घाइते भएकी राईलाई स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । घाइते राईको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
खुट्टा तथा चाकमा गम्भीर चोट लागेको राईको अवस्था गम्भीर रहेको उनका आफन्तले जनाएको छ । हात्तीले स्थानीय एक पसलमा समेत तोडफोड गरि क्षति पुर्‍याएको  कञ्चनरुप १२ का लिल बहादुर मगरले बताए ।