• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘राम्रो मतकासाथ बिजयी हुनेमा ढुक्क छु’: प्याकुरेल 

‘राम्रो मतकासाथ बिजयी हुनेमा ढुक्क छु’: प्याकुरेल 
उत्तम आचार्य 
कन्चनरुप , ११ फागुन । 
नेकपा एमाले सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार सुमनराज प्याकुरेलले जनताले आफुलाई राम्रो मतकासाथ बिजयी गराउनेमा आफू ढुक्क भएको बताएका छन् । सप्तरीको कन्चनरुप ९ को घरदैलो कार्यक्रम तथा मतदाता संग भेटघाट गर्ने कार्यक्रममा न्यूज टुडेसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
 घरदैलो कार्यक्रम तथा मतदाता संग भेटघाट गर्न ब्यस्त रहेका प्याकुरेलले आफुले जितेमा जनताले बिश्वास गर्ने गरि जनताको  शिर झुक्न नदिइ सधैं शिर उचो हुने गरि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले ढुक्कका साथ सबैलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे । उनले यसपालि राम्रो मतकासाथ बिजयी हुनेमा आफू ढुक्क भएको बताए ।
स्थानीय जोगधर यादवले सबै उम्मेदवार मध्ये प्याकुरेल राम्रो र बिकास प्रेमी भएकाले हामी उनलाई कहिल्यै पनि बिर्सन नसक्ने भन्दै प्रशंसा गरे । 
९ नम्बर वडा कमिटी अध्यक्ष श्यामसुन्दर यादवको नेतृत्वमा घरदैलो कार्यक्रममा एमाले नेताकार्यकर्ता तथा स्थानीयहरुको समेत  उपस्थिति थियो ।