न्यूज टुडे
राजविराज, ०७ फागुन ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) मधेश प्रदेशले प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
प्रदेशस्तरीय बैठकबाट निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन बिहिवार विभिन्न उपसमिति सहित मूल निर्वाचन परिचालन समिति गठन गरिएको हो।
बैठकद्वारा मधेश प्रदेशस्तरमा तथा ३२ वटै संसदीय निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरिएको जनाइएको छ।
समितिमा संयोजक, सह–संयोजक, सदस्य तथा सल्लाहकारहरू समावेश गरिएको अध्यक्ष भिनबारले जानकरी दिए । प्रचार–प्रसार, मतदाता सम्पर्क तथा समन्वयका लागि छुट्टाछुट्टै समूह गठन गरी उम्मेदवारहरूसँग समन्वय गर्दै प्रत्येक क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बताए।
बैठकमा वक्ताहरूले आसन्न निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न संगठित र योजनाबद्ध रूपमा परिचालन हुनुपर्नेमा जोड दिएका छन्। साथै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै विकास र समृद्धिको एजेण्डा जनतामाझ पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सिडेनका मधेश प्रदेश अध्यक्ष इन्जिनियर राजकिशोर भिनवारको अध्यक्षता तथा मधेशी प्रजातान्त्रिक इन्जिनियर समाजका केन्द्रीय अध्यक्ष इन्जिनियर धर्मनारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न
बैठकमा सिडेन/मधेशसँग आबद्ध प्रदेश समिति सदस्यहरू तथा अग्रज इन्जिनियरहरूको उपस्थिति रहेको थियो ।