• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फत्तेपुरमा मगर नयाँ बर्ष ५०१९ मनाइयो
न्यूज टुडे
कन्चनरुप , १ माघ ।
नेपाल मगर संघ इकाई समिति फतेपुर सप्तरीले मगर नयाँ बर्ष ५०१९  भब्य रुपमा मनाएका छन । सप्तकोसी नगरपालिकाको फत्तेपुरमा बिहिवार इकाई समितिका अध्यक्ष ढक बहादुर मगरको अध्यक्षतामा तथा नेपाल मगर संघका पुर्व केन्द्रिय सदस्य बिरबहादुर क्याप्छाकी मगरको प्रमुख आतिथ्यमा माघे संग्रातीको अवसरमा नयाँ बर्ष ५०१९ लाई भब्य रुपमा मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मगरले अहिले सबै जातजातिको भेषभुषा, रहनसन , संस्कार र संस्कृति लोप हुँदै गएकोमा चिन्ता ब्यक्त गरे । उनले अब उप्रान्त मगरहरु एकजुट भइ आफ्नो रितिरिवाजलाई जगेर्ना गर्न लाग्नुपर्नेमा जोड दिए । 
मगर संघका प्रदेश सदस्य टेक बहादुर समाल मगरले पहिचान, प्रतिनिधित्व र अधिकार प्राप्तिका लागि एक जुट हुनु अपरिहार्य भएको बताए । 
नेपाल मगर संघ सप्तरीका अध्यक्ष लिलबहादुर मगर ( सोम ) ले नयाँ बर्षले मगरहरुलाई एक ढिक्का भएर अगाडी बढन प्रेरणा मिल्ने बिश्वास ब्यक्त गरे ।
स्वागत मन्तब्य लिला थापा मगरले गरिन ।
 सप्तरीको अग्निसाइर कृष्णसवरणमा समेत नयाँ बर्ष भब्य रुपमा मनाएको जिल्ला अध्यक्ष लिलबहादुर ( सोम ) ले जानकारी दिए  ।