• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सम्पादकीय

स्व. पत्रकार लोकेन्द्र प्रति हार्दिक श्रद्धाञ्जली

आज पुस २६ गते । सप्तरीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका स्व. लोकेन्द्रकुमार बुढाथोकीको आज ३२औं स्मृति दिवस ।
भ्रष्टाचार विकृति विसंगतिका बिरुद्धमा जोडदार रुपमा समाचार लेख्ने पत्रकार बुढाथोकीको एकतीस वर्ष अघि भएको रहस्मय मृत्युको वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन । त्यतिबेला सप्तरीको पत्रकारिता अहिले जस्तो साधन स्रोतको दृष्टिले सुविधायुक्त नरहेपनि लोकेन्द्रले आफ्नो लेखनी मार्फत छुट्टै परिचान बनाउका थिए । उनको रहस्मय मृत्युका बारेमा वास्तविकता पत्ता लगाउनका लागि समस्त पत्रकारले सरकारलाई दवाव दिँदै आएको भएपनि त्यसका वावजुद अहिलेसम्म पत्ता नलागेका कारण थप रहस्मय बनेको छ । भौतिक रुपले लोकेन्द्र हामीबीच नरहेपनि पत्रकारिता क्षेत्रमा उनको निर्भिकता सबै पत्रकाका लागि अनुशरणको विषय बन्न सक्छ । पत्रकारिता उसैपनि जोखिमयुक्त पेशा हो । यही कुरालाई आत्मसात गरेका लोकेन्द्रले त्यतिबेलाका विभिन्न भ्रष्टाचार, अपराध तथा अन्य बेथितिको निर्भिकताका साथ भण्डाफोर गरेका थिए । उनको निर्भिकता र सादगीपनको सम्मानस्वरुप नेपाल पत्रकार महासंघ सप्तरीले त्यति बेलादेखि नै ‘लोकेन्द्र स्मृति पुरस्कार कोष’ को स्थापना गरी यसबाट आजकै दिन वर्ष भरि लेखेका उत्कृष्ट समाचारका आधारमा सप्तरीलाई कार्यक्षेत्र बनाई काम गर्दै आएका एक जना पत्रकारलाई ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिँदै आएको छ ।
लोकेन्द्रले भ्रष्टाचार लगायत अन्य विकृतिका बिरुद्ध जसरी निर्भिकता प्रस्तुत गरेका थिए, आज अझै बढ्दै गएका यस्ता बेथितिका बिरुद्ध कलम चलाउन सञ्चारकर्मीका अझै सत्प्रेरणा प्राप्त होस् । ३२औं लोकेन्द्र स्मृति दिवसका अवसरमा स्व. पत्रकार लोकेन्द्र प्र्रति हार्दिक श्रद्धाञ्जली !