• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्लाष्टिकले माटोको उर्बरा शक्तिलाई नष्ट गर्छ । माटोमा मिसिए पनि प्लाष्टिक हत्तपत्त नकुहिने भएका कारण यसले माटोलाई बिगार्छ भनिएको हो । तर पनि आजकाल कृषिजन्य कार्यमा प्लाष्टिकको प्रयोग बढ्दै गएको छ ।
विशेष गरी तरकारी खेती गर्दा प्लाष्टिकको घरै बनाएर त्यसभित्र तरकारी लगाउने गरिन्छ । यस्तो घर प्रायः बेमौसमी तरकारी उत्पादनका क्रममा बनाउने गरिएको देखिन्छ । यसैगरी पानी (सिचाई) का लागि प्लाष्किका पाईप प्रयोग गरिन्छन् । अन्य प्रयोजनमा पनि प्लाष्टिकजन्य सामग्रीको प्रयोग बढ्दो रहने गरेको छ । माटोमा प्लाष्टिक मिसिएपछि त्यसले माटोलाई बिगार्ने, उर्बरा शक्तिमा ह्रास आउने भएका कारणले प्लाष्टिकको प्रयोग बढ्नुलाई राम्रो नमानिएको हो । माटोमा माइक्रो प्लाष्टिकको मात्रा बढ्ने, प्लाष्टिकले जैविक चक्रमा समेत असर पु¥याउने भएका कारणले यसको प्रयोगलाई घटाउँदै लैजानुपर्ने आवश्यकता छ ।
कतिपय नगरपालिकाले प्लाष्टिकका झोलाको प्रयोगलाई निषेधको निर्णय पनि नगरेका होईन । तर त्यसको कार्यान्वयन चाहीँ सबै ठाउँमा हुन सकिरहेको छैन । बरु प्लाष्टिकको प्रयोग बढ्दो क्रममा रहेको र त्यसलाई जथाभावी फाल्ने क्रम समेत नरोकिएका कारणले यसबाट वातावरणमा समेत दुष्प्रभाव पर्ने अवस्था भएका कारण यसबारे सोच्नु पर्ने आवश्यकता छ ।