• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उपचार खर्च जुटाउन नसक्दा क्यासर पीडित मगर समस्यामा :  सहयोगका लागि अपिल

उपचार खर्च जुटाउन नसक्दा क्यासर पीडित मगर समस्यामा :  सहयोगका लागि अपिल
न्यूज टुडे
राजविराज, १८ मंसिर । 
उपचार खर्च जुटाउन नसक्दा एक क्यानसर पीडित युवा समस्यामा परेका छन् । सप्तरीको रुपनी गाउँपालिका ६ दुधैलाका २३ बर्षिय राहुल घले मगर खर्च अभावले उपचार नहुँदा समस्यामा परेका हुन् । 
अण्डकोषमा क्यान्सर भएपछि भक्तपुर क्यान्सर अस्पतालमा अपरेसन गरि घर फर्किएका उनको खर्च जुटाउन नसक्दा उपचारमा समस्या भएको आमा सीता थापा मगरले बताइन् ।
‘चिकित्सकले २१ दिनपछि आउनु भनि पठाएको छ, तर आफुसंग खर्च छैन, आफ्न्तजनको सहयोगले यतिसम्म गर्न सकियो’ उनले भनिन्,’४-५ लाखभन्दा बढी नै खर्च भयो, अब कुनै उपाय छैन, उनले भनिन्,’आफ्नो जायजेथा पनि सबै सकियो, आफ्नाकोमा पनि माग्ने बाटो छैन’ गहभरी आसु चुहाउँदै उनले थपिन:- खर्च जुटाउन नसक्दा छोराको ज्यान जोखिममा पर्‍यो, छोराको जीवन रक्षाका लागि सहयोगका लागि सबैसँग आग्रह गर्द्छु ।’
 सत्रपटक किमो चढाउन चिकित्सकले दिएको सल्लाह अनुसार प्रत्येक २१ दिनमा क्यान्सर अस्पताल भक्तपुर जानुपर्ने जानकारी दिइन् । 
उनले श्रीमान रुद्र घले मगरले बनिबुतो गरेर जसोतसो विहान-बेलुका हातमुख  जोड्ने गरेकोमा छोरा विरामी भएपछि थप समस्यामा परेको दुखेसो पोखिन । आफू समेत लामो समय विरामी परेर थाला परेपछि श्रीमानले मजदुरी गरेर परिवार पाल्दै आएको भएपनि छोराको चिन्ताले परिवारमै ठूलो पीडा थपिएको उनले बताइन् । 
वैदेशिक रोजगारीका लागि मलेसिया गएका राहुल हर्नियाको लक्षण देखा परेपछि २०८१ असोजमा घर फर्किएको आमा सिताले बताइन् । उनले वैदेशिक रोजगारीका लागि मलेसिया गएको ७ महिनामै स्वदेश फर्किएका छोरालाई झण्डै एक बर्ष धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठानमा उपचार गराइएको बताइन् ।
रोग थप जटिल बन्दै गएपछि शंका लगेर धरानले क्यान्सर अस्पताल भक्तपुर रेफर गरेपछि एक बर्ष पछि २०८२ असोजमा क्यान्सर पुष्टि गरेको उनले जानकारी दिइन । 
अण्डकोषमा क्यान्सर भएपछि उपचारको लागि थप ६ -८ लाख सम्म खर्च लाग्ने चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावले थप उपचारमा समस्या उत्पन्न भएको पीडितकी आमाले दुखेसो पोखिन । 
आफ्नो सम्पत्तिको नाममा केही पनि नभएका घले परिवार आर्थिक रुपमा अत्यन्तै विपन्न भएकोले पीडितको उपचारमा सहयोग गरिदिन स्थानीय समाजसेवी भुवनसिंह घले मगरले आग्रह गरे । 
पीडित मगरको आमा-बुवा र १ दिदी र १ जना भाइ छन् ।