• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सरकारी गाडीको दुरुपयोग बढ्न थालेपछि मुलुकका ठाउँ–ठाउँमा युवाहरुले त्यस बिरुद्ध सक्रियता बढाएको सामाजिक सञ्जालमा देख्न पाईन्छ ।
विदाका दिन सरकारी सवारी साधन चलाएको भेटिए त्यसका बारेमा सोधखोज गर्ने, अनुमति बिना वा सरकारी कामको प्रयोजन बाहेक अन्य काममा ती सवारी साधन प्रयोग भएका रहेछन् भने प्रहरीलाई बोलाएर जिम्मा लगाउने जस्ता कार्य भएको देखिन्छ । सप्तरीमा पनि सरकारी सवारी साधन दुरुपयोग रोकिएको छैन । सम्बन्धित कर्मचारीले प्रयोग गर्नु पर्ने ती सवारी साधन उनका आफन्त वा ईष्टमित्रलाई चलाउन दिने, बिना अनुमति विदाका दिन पनि सवारी साधन चलाउने, सरकारी काम बाहेक विवाह, भोजभतेर, मलामी जाने जस्ता काममा पनि सरकारी साधन लिएर जाने कार्य भई नै रहेको देखिन्छ । गत वर्ष विदाकै दिन एउटा पालिकाको सरकारी गाडी चलाएर दुर्घटना समेत भएपछि लाखौंको नोक्सानी ब्यहोर्नु परेको थियो । सरकारी गाडीसँग त्यसको इन्धन समेत खर्च हुने भएका कारण यसलाई एक प्रकारको क्षति नै मान्न सकिन्छ । 
अतः सार्वजनिक सम्पत्ति संरक्षणका दृष्टिोणबाट पनि सरकारी गाडी दुरुपयोग माथि रोक लगाउन आवश्यक छ । सरकारी गाडीको प्रयोग जुन प्रयोजनका लागि गरिनुपर्ने हो त्यसबाहेक निजी काममा लगाउनु उचित नहुने भएका कारण यसको परिपालना हुनै पर्दछ ।