• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जेनजी आन्दोलनले तत्कालीन सरकार ढल्यो र अहिले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । फागुन २१ मा निर्वाचनको कार्यादेश सहित यो सरकारको गठन भएको हो ।
उक्त मितिमा हुने चुनाव र त्यस पछिको संसदले जस्तो तिथि बसाल्ने छ त्यस अनुरुप नै जेनजी आन्दोलनको उपलब्धिका बारेमा मूल्याड्ढन गर्न सकिनेछ । जेनजी जनआन्दोलनले तत्काल ल्याएको परिवर्तनका रुपमा युवाहरुको सहभागितामा आएको वृद्धिलाई लिन सकिन्छ । जेनजी अर्थात १३ देखि २८ वर्ष उमेर समूहकाहरुले गरेको आन्दोलन स्वरुप हुनुपर्छ । उनीहरुकै बढी सहभागिताका साथ नयाँ दलहरुको गठन भएको छ । विकास निर्माणका काममा भईरहेका ढिलासुस्ती लगायत अन्य बैथितिका विरुद्ध युवाहरुको सक्रियता बढन थालेको छ । केन्द्रदेखि स्थानीय स्तरसम्म युवाहरुले यस्ता बेथितिका बिरुद्ध सम्बन्धित निकायको ध्यानार्कषणका साथै तिनमा सुधार ल्याउने सम्बन्धमा चासो लिन थालेका छन् । भ्रष्टाचारीमाथि कारवाही र भ्रष्टाचार नियन्त्रणको माग प्रमुख रुपमा उठाएर जेनजी आन्दोलन भएको हो  । परिवर्तित सन्दर्भमा पनि यस प्रकारका विकृति रही रहे भने त्यसले आन्दोलनको मर्म र भावनालाई कुठाराघात गरेको रुपमा लिनु पर्ने हुन्छ । बढ्दो भ्रष्टाचार, नातावाद, कृपावादका कारणले जनता उकुसमुकुसमा थिए । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्ध युवा जमात (जेनजी) सक्रिय भएपछि यो उकुसमुकुस विष्फोट हुन पुगेको हो । 
अतः आन्दोलनले ल्याएको उपलब्धिका रुपमा भ्रष्टाचार ढिलासुस्ती नातावाद, कृपावाद लगायतका सबैखाले विकृतिको अन्त्यतर्पm काम गर्नुपर्ने आवश्यकता छ । विकृतिहरुलाई पाल्ने काम भएमा फेरि जन असन्तुष्टी बढ्न सक्छ भन्ने हेक्का हुनुपर्दछ ।