राजविराज नगरपालिकामा रहँदै आएको ट्राफिक व्यवस्थापनको आवश्यकताप्रति जिल्ला प्रहरी कार्यालय सप्तरीले चासो देखाएको छ ।
नगर क्षेत्रमा जथाभावी गरिने सवारी साधन पार्किङ्गका कारणले ट्राफिक जाम हुने दुर्घटनाको जोखिम बढ्ने र समग्रमा सुन्दर नगर निर्माणमा समेत बाधा पुग्ने भएका कारण ट्राफिक व्यवस्थापनमा सहयोगका लागि प्रहरीले बिहीबार माइकिंग गर्दै सहोगका लागि सबैमा आग्रह गरेको हो । नगरपालिकामा मेनरोड स्तरीकणको काम भएपश्चात मुल सडक फराकिलो तुल्याईएको छ । बढ्दो सवारी संख्या तथा जनघनत्वलाई दृष्टिगत गरेर सडक फराकिलो तुल्याउनु पर्ने आवश्यकता पनि थियो । तर पनि दुईतर्फी सवारी साधन पार्कि· गरिनाले सडक साँधुरो बन्दै गएको कारणले सडक साँधुरिदै गएको वास्तविकता छ । यसले गर्दा मेनरोडमा ट्राफिक जाम हुने कारणले थप समस सिर्जना हुने गरेको हो । ट्राफिक व्यवस्थापनमा प्रहरी मात्रका एकल प्रयास भन्दा पनि यसमा नगरपालिका समेतको सक्रियता आवश्यक छ । पार्किङ्ग स्थल तोक्ने, पार्कि· गर्न नहुने ठाउँमा तत्सम्बन्धि बोर्ड लगाउने, ट्राफिक संकेतका लागि ठाउँ–ठाउँमा त्यससम्बन्धि व्यवस्था मिलाउने कार्यमा प्रहरी मात्रको प्रयासले सम्भव नहुन पनि सक्दछ ।
तसर्थ सुन्दर तथा व्यवस्थित नगर निर्माणप्रति नगरपालिका, यातायात व्यवसायी, नगरबासी सबैको साथ सहयोगको मार्फत अव्यवस्थित बन्दै एको पार्कि· लगायतका समस्यालाई सुधार्नुपर्ने आवश्यकता छ । सबै पक्षको सहयोगी भूमिका भएमा मात्र यो कार्य सफल हुने कुरा मननीय छ ।