• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पूर्वमन्त्री उमेशकुमार यादवले राजविराज नगरपालिकाका जनप्रतिनिधिलाई संकेत गर्दै ६ बुँदे सुझाव सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेका छन् ।
उनको सुझावमा फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, छाडा पशुचौपाया नियन्त्रण, भलुवाहीमा रिटेनिंग वाल र वाटो निर्माण, नगर स्थापनाकालदेखिका सबै सडकको सञ्चालन, हटियाका सेड सञ्चालन र सोचालयको व्यवस्था, पार्कि· स्थल र सुकुम्बासीहरुको दिगो व्यवस्थापन लगायतका विषय समेटिएका छन् । नगरपालिकाले विभिन्न शीर्षकमा वर्षेनी ठूलो रकम खर्च गर्दै आएको छ । तर नगरको अवस्था भने अझै विग्रदो रहेको प्रति स्वयम् यहाँका नगरबासी भुक्तभोगी नै छन् । जनताले तिरेको तरिोबाट खडा भएको कोषको रकम धमाधम खर्च भईरहे पनि समस्या भने थपिएका छन् । उदाहरणकै रुपमा हेर्ने हो भने हटियामा सेड निर्माणका क्रममा करोडौं रुपैयाँ लगानी भईसकेको छ । तर वर्षौ वित्दा समेत त्यसलाई सञ्चालनमा नल्याइँदा सेडका फलाममा खिया लागन थालिसकेको छ । एकातिर यत्रोविघ्न लगानी डुब्ने जोखिम छ भने अर्कोतर्फ हटियाको बेहालका कारण मेनरोडमा व्यस्त सडकमा सागसब्जीका पसल राख्न सुरु भएको छ । दैनिक सरसफाई, छाडा पशुचौपाया नियन्त्रण सम्म गर्न नसकेको नगरपालिकाले भलुवाही खोलामा क्याम्पससम्मको करिडोर निर्माण गरी देला, सुकुम्बासी व्यवस्थापन गर्ला भनी कसरी पत्याउने? समस्यै समस्याले आक्रान्त नगरबासीको जनगुनासो त पटक–पटक उठेकै छ ।
तर नगरपालिकाले सुनुवाई नै गर्न नचाहेपछि कसको के लाग्दो रहेछ र ? नगरपालिकालाई जिम्मेवारी बोध हुन्छ भने त्यहाँका जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको प्रतिबद्धताको पाना पल्टाएर अध्ययन गर्न सान्दर्भिक हुनेछ ।