नवजागरण कृषि सहकारी संस्था लिमिटेड अग्नीसाइर कृष्णासवरन गाउँपालिका ३ रामजानकी बजारको तेश्रो बार्षिक साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेश्वर प्रसाद सिंहको अध्यक्षता तथा साविक हरिहरपुर गाविसका अध्यक्ष एवम् सहकारीका संस्थापक सल्लाहकार बद्रीनारायण चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच साधारणसभा सम्पन्न भएको हो ।
बार्षिक साधारसभामा सहभागी शेयर सदस्यहरु । फोटो: न्यूज टुडे
मावि प्रशवनीको सभाहलमा आयोजित साधारणसभालाई प्रमुख अतिथि चौधरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, वडा नम्बर ३ का वडा सदस्य प्रमानन्द चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिका सहकारी समन्वय समितीका संयोजक रामी यादवले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी सानाकिसान कृषि सहकारी संस्था हरिहरपुरकी प्रबन्धक आशा कुमारी चौधरी प्रगतिशील कृषि सहकारी संस्था घोघिदहाका लेखा संयोजक हरेराम साह, स्वास्थ्यकर्मी कमल प्रसाद चौधरी, शिक्षक कृष्ण कुमार चौधरी, सहकारीका शेयर सदस्य युवा नेता दिनेश कुमार साह लगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका शेयर सदस्य निरन्जन कुमार सिंहद्वारा संचालित कार्यक्रममा स्वागत शेयर सदस्य रामराजाप्रसाद सिंहले गरे ।
सभामा संस्थाका प्रबन्धक विन्तीलाल चौधरीले आव २०८१ /०८२ को ६१ लाख २० हजार २ सय ८९ बराबरको लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक राज कुमार सिंहले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको बन्दशत्रबाट आव २०८२/०८३ को बजेट नीति तथा कार्यक्रम ल्याउने तथा आगामी ४ बर्षको लागि नयाँ नेतृत्व चयन गरिने शेयर सदस्य रमेश कुमार चौधरीले जानकारी दिए ।