दशैंमा पनि तलव नपाएपछि सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिकाका शिक्षक र कर्मचारीहरुले आन्दोलनमै उत्र्नु प¥यो ।
पछिल्लो चरणमा फेरि यही माग लिएर गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षक, स्वास्थ्यकर्मी तथा वडाका कर्मचारीले आन्दोलन गरेपछि कामकाज ठप्प भयो । नौं दिन सम्म काम बहिष्कार गर्दै भएको आन्दोलन पछि बल्ल बुधबार गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले आन्दोलनरत शिक्षक तथा कर्मचारीलाई भेटेर पाँच दिन भित्र तलव उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगिन गर्ने सहमति भएको हो । लामो समयसम्म शिक्षक, कर्मचारीले तलव नपाएका कारण भोकभोकैं काममा खट्नु पर्ने अवस्था थियो । कर्मचारीले काम नगर्दा सेवाग्राहीहरु समेत मर्कामा थिए । अग्नीसाईर कृष्णसवरण गाउँपालिकामा जनप्रतिनिधिहरुका बीच नै विवाद रहेका कारण पटक–पटक आन्दोलन चर्कदै आएको छ । यसले गर्दा जनताका कामकाज अवरुद्ध होईन शिक्षक कर्मचारीले तलव समेत खान नपाउँदा झनै जटील अवस्था उत्पन्न हुने गरेको छ ।
यस्तो असहज अवस्था आउनु पदाडिको गाँठो फुकाउने जिम्मेवारी फेरि पनि यिनै जनप्रतिनिधिमाथि रहेको छ । आफूले सम्पादन गर्नुपर्ने काम तथा बहन गर्नुपर्ने जिम्मेवारीलाई आत्मसात गर्दै पाँच दिनभित्र तलव भत्ता उपलब्ध गराउने भनी गरेको प्रतिबद्धताको कार्यान्वयन तर्फ ध्यान पु¥याउन आवश्यक छ ।