• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले पदबाट राजीनामा दिएका छन् । सत्ता सहयात्री दलका केही सांसदले गरेको विद्रोहका कारण विश्वास को मत लिने समयमा नै समर्थनमा बहुमत नपुग्ने छाँटकाँट देखेर उनले राजीनामाको घोषणा सदनमै गर्न पुगेका हुन् ।
असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनल मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन नसकेको अवस्थामा छोटो समयमै राजीनामा दिन पुग्नुले मधेशमा अब कसको नेतृत्वमा सरकार बन्ने हो भन्ने चर्चा सुरु भएको छ । केन्द्रमा सरकार लामो समयसमम नटिक्ने गरेको क्रम अब मधेशमा पनि सरेको र यस्तो पाराले अस्थिरता निम्त्याउने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । सत्ता समर्थक दलकै केही सांसदले विश्वासको मत नदिई गरेको विद्रोहलाई कतिपयले अनुशासन उल्लंघन गरेको भन्दै विश्लेषण गर्न थालेको पनि सुनिन्छ । तर यसरी विद्रोह गर्ने अवस्थामा किन र के कारणले आएको हो भन्ने कुरा प्रति पनि सम्बन्धित राजनीतिक दलले सोच्नै पर्ने हुन्छ । त्यसो गरिएन यदि भने भविष्यमा अर्कोले पनि यस्तै खाले विद्रोह नगर्लान भन्न सकिन्न । सरकार मात्र बनाउने होडबाजीमा लाग्नु भन्दा पनि अस्थिरता उत्पन्न नहोस भन्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने अहिलेको आवश्यकता हो । संघीयता अफाप भयो भन्नेहरुको तर्कप्रति अस्थिरताले थप बल पु¥याउन सक्छ भन्ने कुरालाई हेक्का राख्न जरुरी छ । 
तसर्थ पार्टीभित्र सबै कार्यकर्ताको भावनाप्रति सुनुवाई गर्दै अनुशासन कायम गराउने र निर्णय प्रति वफादार रहने वातावरण तयार गर्नु पनि उत्तिकै आवश्यक छ ।