• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भ्रष्टाचार गर्नेमाथि कारबाही गरी भ्रष्टाचारको अन्त्यलाई जेनजी आन्दोलनका क्रममा प्रमुख माग बनाईएको थियो । आन्दोलनका क्रममा तत्कालीन सरकार ढेलर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकारको गठन भएको छ ।
भ्रष्टाचार सँगै काममा ढिलासुस्ती पनि एक प्रमुख समस्याका रुपमा रहने गरेको छ । खासगरी मुलुकका विभिन्न ठाउँमा सडक, पुल आदिको ठेक्का लागि सकेको भएपनि तिनको निर्माण कार्य पूरा नगरी अधुरै छोडिएको अवस्था छ । ठेक्काको म्याद सकिँदा समेत काम अलपत्र छाडेर ठेकेदारले गरेको लापरवाहीका कारण जनता सास्ती खेप्न बाध्य पारिएका छन् । सुरु गरेको कामलाई पूर्णता नदिनाले त्यसमाथि गरिएको लगानीको समेत उपादेयता कायम हुन सकेको छैन । जनतालाई परिरहेको कठिनाईको अन्त्यका साथै सुशासनको प्रत्याभूतिका लागि पनि अधुरा सडकको निर्माण कार्य पूरा गराउने तर्फ सरकारले ध्यान दिनुपर्ने समय आएको छ ।
फागुन २१ गते संसदको निर्वाचन गराउने जिम्मेवारी समेत रहेका कारण सरकारमाथि कामको बोझा हुन सक्छ । तर जेनजी आन्दोलनको भावनालाई समेत समेटेर काम गर्नुपर्ने सरकारले विभिन्न सडक तथा पुल निर्माणका क्रममा भईरहेका ढिलासुस्ती र अलपत्र अवस्थामा छोडेको निर्माण कार्य प्रति पनि चासो लिने पर्ने हुन्छ ।