• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजबाट सरकारी कार्यालय अन्यत्र सार्ने षड्यन्त्र विगतदेखि चल्दै आएको छ । कुनै समय यहाँ यातायात कार्यालय, कर कार्यालय, टिम्बर कर्पोरेशन, नेशनल टे«डिंग, साझा प्रकाशन लगायतका कार्यालय थिए ।
तत्कालीन सगरमाथा अञ्चलको सदरमुकाम समेत रहेको राजविराज विभिन्न सरकारी कार्यालयहरु रहेका कारणले पनि चहलपहलयुक्त नै थियो । तर माथि उल्लेखित कार्यालयलाई अन्यत्र सार्ने काम भएपछि यो शहरको चहलपहलमा निकै कमी आयो । कार्यालय सार्दा पनि तत्कालीन स्थानीय नेताहरुले समेत विरोध नगरी मौन सहमति जनाउनाले राजविराज उजाड बन्दै गएको कुरामा यहाँका जनता जानकार नै रहेका छन् । पछि केही कार्यालयको राजविराजमा पुनस्र्थापना पनि गरियो । राजनीतिक दलका नेताहरुको पहल र प्रयासबाटै केही कार्यालयलाई फिर्ता ल्याउने काम भयो जसमा अन्य सरोकारवालाहरुको पनि साथ र समर्थन रहेकै हो । यसै क्रममा अहिले फेरि करदाता सेवा कार्याललाई लहानमा गाभ्ने समाचार आएको छ । लहानस्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने भएपछि सप्तरीमा त्यसको तरंग फैलिएको हो । उक्त निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्र्ने भनी सप्तरी उद्योग बाणिज्य संघले घोषणा गरिसकेको छ । लक्ष भन्दा बढी राजस्व संकलन हुँदै आएको राजविराज स्थित करदाता सेवा कार्यालयमा ७० हजार भन्दा बढी सेवाग्राही आवद्ध रहेका छन् । जनतालाई कर तिर्नका लागि पनि सास्ती हुने गरी उक्त कार्यालय लहान लगेर गाभ्नुको औचित्य के हो? सप्तरीबासी जनताको यस प्रश्नको चित्त बुझ्दो जवाफ भनेको यहाँको कार्यालयलाई यथावत रहन दिनु नै हो भन्दा अर्को अर्थ नलाग्ला ।
सप्तरीबासी सेवाग्राहीले सहजताका साथ कर तिर्ने सुविधा पाउन भन्ने धारणाले पनि यहाँ स्थित कार्यालयलाई अन्यत्र लगेर गाभ्न उपयुक्त हुने छैन ।