• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रोपाइँको समयमा परेको लामो खडेरीका कारण यस वर्ष किसानहरुले निकै कठिनाई ब्यहोरे । अन्तिम समयमा जसो तसो रोपाइँ गरेपनि साताको वर्षाले पाक्न लागेको धानलाई सखाप पारिदियो । भित्र्याउने समयमा भएको बेमौसमी वर्षाका कारण ठूलो क्षति भएपछि लगानी र मिहिनेत डुब्ने भएपछि उनीहरु यति बेला चिन्तामा डुबेका छन् ।
प्रमुख बालीका रुपमा रहेको धान सखाप भएपछि अब बालबच्चालाई के खुवाउने र वर्षभरिको गर्जो कसरी टार्ने भन्ने चिन्ताले किसानहरुलाई सताएको छ । यस्तो विषयपरिस्थितिमा किसानहरुका लागि एक मात्र सहारा भनेको सरकार नै हो । तर सरकारले क्षति ब्यहोरेका किसानहरुका लागि अहिलेसम्म के गर्ने हो भन्ने कुरा सार्वजनिक गरेको छैन । पाकेको बाली नष्ट भएपछि किसानहरु ठूलो संकटमा परेका छन् भन्ने कुरा सरकारर्ला जानकारी नभएको विषय होईन ।
बहुसंख्यक जनता कृषि पेशामै आवद्ध रहेका कारण बालीमा क्षति पुगेका कारण प्रभावित हुनेहरुको संख्या पनि ठूलो छ । यस्तो संकटको समयमा सरकारले पनि चुप लागेर बस्न मिल्दैन । जनताप्रतिको जिम्मेवारी बोधका साथ राहत तथा सहुलियतका कार्यक्रम अघि सार्नु पर्ने आवश्यकता छ ।