• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा श्रोत नखुलेको २३ लाख नगदसहित दुई जना पक्राउ

सप्तरीमा श्रोत नखुलेको २३ लाख नगदसहित दुई जना पक्राउ
न्यूज टुडे
राजविराज,१७ कार्तिक । 
सप्तरी प्रहरीले श्रोत नखुलेको २३ लाख नगद सहित २ जनालाई पक्राउ गरेको छ । झापा दमक नगरपालिका ५ बस्ने बर्ष २७ का किरण सिटौला र सोही स्थानका १८ बर्षिय धिरज प्रसाईं पक्राउ परेको हो । 
उनीहरुलाई कदमाहा -गाइघाट सडक खण्ड अन्तरगर्त सुरुङ्गा नगरपालिका २ भेडियामा बा प्र ०१-०२८ च ५००८ नम्बरको टोयटा हाइलेक्स गाडीमा लुकाई छिपाइ राखेको अवस्थामा आइतबार राती नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
पक्राउ परेका दुबैजनालाई बैक तथा वित्तीय संस्था कसुरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रबक्ता डम्बर बहादुर पुरीले जानकारी दिए । 
उनीहरुको साथबाट हावा भर्ने पप्प १ सय थान, व्याट्री ३५ पिस,ई रिक्साको मोटर ३ पिस, स्कुटर व्याट्री चार्जर ७ पिस,व्याट्री टेस्टर १ पिस, होम स्पिकर सानो १ पिस बरामद भएको डिएसपी पुरीले जानकारी दिए ।