• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा यतिबेला ठाउँ–ठाउँमा फूटबल प्रतियोगिताको माहौल छ । खेलमा अति नै लोकप्रिय मानिएको फूटबलको प्रतियोगिता हुँदा त्यस आसपासका क्षेत्रमा समेत यसको खुबै चर्चा परिचर्चा चल्ने गर्दछ ।
प्रतियोगिताको आयोजना मात्र होईन, कुनै समय सप्तरीमा पनि उदीयमान खेलाडीहरुले चर्चा पाएकै हुन् । विभिन्न ठूला–ठूला प्रतिस्पर्धामा सप्तरीबाट पनि खेलाडीले सहभागिता जनाउन पाउनु त्यसको उदाहरण मान्न सकिन्छ । राम्रा खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना सँगै स्तरीय प्रशिक्षणको आवश्यकतालाई पनि नकार्न सकिन्न । त्यसैले नयाँ खेलाडीहरुका लागि प्रशिक्षण दिएर समय–समयमा प्रतिस्पर्धा गराउने, फूटबलका लागि सरकारी स्तरबाट सहयोग दिने र राम्रा खेलाडीका लागि प्रोत्साहन जस्ता कार्यक्रम ल्याएर यस खेलमा उत्कृष्ट खेलाडीहरु तयार गर्न सकिन्छ । 
विशेषतः स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहहरुले आ–आफ्ना क्षेत्रमा राम्रा फूटबल खेलाडी तयारीका लागि सोच्न जरुरी छ ।