• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पन्द्रदिने अल्टिमेटम दिँदै सुरुङ्गाकी नगरप्रमुखलाई ज्ञापनपत्र

पन्द्रदिने अल्टिमेटम दिँदै सुरुङ्गाकी नगरप्रमुखलाई ज्ञापनपत्र
न्यूज टुडे
राजविराज,१५ कार्तिक। 
सुरुङ्गा युवा समूह र सुरुङ्गा युथ/ जेनजीले सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता कुमारी चौधारीलाई विभिन्न ३० बुंदे माग राखी शुक्रबार ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचार र सुशासनयुक्त नगर निर्माण गर्न दलाल, विचौलिया, भ्रष्ट कर्मचारी र भ्रष्ट जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने लगायतका विभिन्न माग अघिसार्दै युवा तथा जेनजी पुस्ताले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो। 
पालिका, जनप्रतिनिधि,तथा कर्मचारी तथा सम्पूर्ण नगर सरकारप्रतिको वितृष्णा र अर्को तर्फ पालिकाले कागजी प्रकिया पुर्याएर देशमै प्रतिष्ठित तथा सर्वोकृष्ट नगर रहेको भन्ने प्रतिवेदनप्रति ज्ञापनपत्रमा घोर आपत्ति जनाएको छ । ज्ञापनपत्रमा प्रतिवेदनहरु आफैमा विरोधाभषपूर्ण र शंकास्पद रहेकोले आम जनता वीच अन्योलता ल्याएको भन्दै टिप्पणी गरिएको छ । 
भ्रष्टाारविरुद्ध चर्को खबदारी गरेको ज्ञापनपत्रमा १५ दिन भित्र माग सम्बोधन गर्न जोडदार माग गरिएको छ । युवा समूह तथा जेनजी समूहले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा तोकिएको सीमा भित्र माग सम्बोधन नगरिए चरणवद्ध आन्दोलनमा उत्रिने चेतवनी समेत दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख चौधारीले ज्ञापनपत्रमा राखिएको जायज माग सम्बोधन गर्ने प्रतिवद्वता व्यक्त गरिन्।