रामनाथ चौधरी
महुली, १२ कार्तिक ।
‘विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग’आयोजक महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरलाई प्लान्टीमा हराउँदै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहामा संचालित जनचेतना ४४ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमफाइनलमा प्रवेश गरेको छ । जनचेतना माविको खेल मैदानमा बुधवार सम्पन्न खेलमा आयोजक महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरलाई प्लान्टीमा २-३ गोलले पराजित गर्दै मोरङ्ग सेमिफइनल प्रवेश गरेको हो ।
निर्धारित ७० औ मिनेटको खेल अवधिमा दुबै टिमले गोल गर्न नसकेपछि प्लान्टीमा मार्फत खेलको छिनोफानो गरिएको प्रमुख रेफ्री मोहन चौधरीले बताए। प्लान्टीमा २-३ गोलले आयोजकलाई हराउँदै विराटनगर मोरङ्गले जीत हासिल गरेको उनले बताए।
प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो सेमीफाइनल खेल अल्टोकी रौतहट र झुम्का फुटबल क्लब झुम्का सुनसरी,वीच हुने आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले बताए । खेलको प्रत्येक दिनको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमबाट हुने उनले जानकारी दिए ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः ५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दिलिप कुमार चौधरीले बताए । प्रतियोगिताको हाई स्कोरर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतका खेलाडीहरुलाई समेत शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिने उनले बताए।
प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर,अल्टोकी रौतहट, झुम्का फुटबल क्लब झुम्का सुनसरी,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, बिवाइसी बर्दीवास बेखारी महोत्तरी प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग गरि ८ वटा टिम सहभागी रहेको आयोजक समितिका पूर्व अध्यक्ष शम्भु कुमार चौधरीले जानकारी दिए ।