• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तिहारमा जुवा खेल्नेहरु सक्रिय हुने क्रम विगतमा पनि चल्थ्यो । तर प्रहरी प्रशासनले त्यसमा रोक लगाउने, जुवा खेलाउनेमाथि कडाई गर्ने गरेका कारण विकृति एक हदसम्म नियन्त्रित नै रहन्थ्यो । तर यस पटक दशैं अगावैदेखि सुरु भएको जुवाको परम्परा अहिलेसम्म निर्वाध चलिरहेको जताततै देख्न थालिएको छ ।
प्रहरीले जुवाका खालमा छापा मारेर जुवाडे र जुवा खालको रकम समेत नियन्त्रणमा लिएको समाचार विगतमा निकै आउने गर्दथे । तर अचेल गाउँदेखि शहरी क्षेत्र जताततै खुल्ला मुल्ला ज ुवा खेलाईने गरेको देखिन्छ तर प्रहरीले त्यस प्रति चासो नदेखाएको भन्दै जनस्तरबाट गुनासो उठ्न थालेको छ । छुट दिएपछि जुवाको क्रम बढ्नु स्वाभाविकै हुन जान्छ । बालबालिकादेखि बयष्कसम्म जुवामा झुमिएको देखिन थालेपछि यो विकृति बढेर गएको जोसुकैले अनुमान लगाउन सक्छन् । अहिले त्यस्तै अवस्था छ । लाखौं रुपियाँको हारजित हुने गरी जुवा खेलाईने भएकोले एउटाले जिते पनि अर्कोको होर बिल्लीवाढ हुने हुँदा यस्तो सामाजिक विकृतिलाई छुट दिईरहँदा यसले गम्भीर दुष्परिणाम निम्त्याउन सक्दछ ।
जुवा खेल्नु र खेलाउनु अवैध कार्य भएका कारण यसमाथि रोक लगाईनै पर्ने हुन्छ । ठूला चाडवाडको अवसर पारेर गरिँदै आएको यस्तो अवैध गतिविधिमाथि विशेष निगरानीको आवश्यकता भएका कारण प्रहरीको सक्रियता जरुरी देखिन्छ ।