आईतबार बिहान सप्तरीको बोदेबर्साइन नगरपालिका–८ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक वृद्धको मृत्यु भएको छ ।
स्थानीय ७२ बर्षिय रामदुलार साहलाई अज्ञात व्यक्तिले हानेको गोली लागेर उनको घटनास्थलमै मृत्यु भयो । यस घटनाले सुरक्षा थ्रेटको अवस्थालाई दर्शाएको मान्न सकिन्छ । गोली कसले हानेर हत्या गरेको हो भनने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । व्यक्ति हत्या गरेर यसरी नै अपराधी फरार भई उन्मुक्ति पाईरहने हो भने यसले जनमानसमा आतंक पैदा गर्न सक्छ भन्ने कुरालाई बिर्सन मिल्दैन । त्यसैले यस हत्यामा को संलग्न छ भन्ने कुराको सुक्ष्म अनुसन्धान गर्ने, हत्याराको पत्ता लगाई कानून दायरामा ल्याउने तर्फ प्रहरी सक्रियताको आवश्यकता छ । हत्या गरेर अपराधी उम्कियो भने उसले फेरि पनि यस्ता अपराध दोहो¥याउन सक्दछ । यही कारणले नै जनमानसमा त्रास पैदा गर्ने हुन्छ । शान्ति सुुरक्षाको प्रमुख जिम्मेवारी बोकेको प्रहरीले जनतामा सुरक्षाप्रति जति आश्वस्त तुल्याउन सक्दछ उत्तिनै प्रहरीको सफलता पनि मानिने हुन्छ ।
पूजारीको रुपमा जीवन बिताउँदै आएका राम दुलारको हत्या किन गरियो? हत्या कसले ग¥यो र यसका पछाडि को को संलग्न छन् भन्ने विस्तृत अनुसन्धानको यति बेला आवश्यकता छ । यसका लागि प्रहरीले अनुसन्धानमा सक्रियता देखाउनै पर्ने हुन्छ ।