• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा सवारी साधनहरुको चोरी बढ्दै गएको छ । गत सोमबार रुपनी –६ को बीरेन्द्रबजारमा स्कारपियो चोरी गर्ने क्रममा दुई जनालाई पक्राउ गरिएको छ ।
स्थानीय विनय भगतको स्कारपियो चोरी गरिरहेको अवस्थामा स्थानीयले उनीहरुलाई पक्रेर प्रहरीको जिम्मा लगाएका हुन् । सोमबारै जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरी भएका चार थान मोटरसाईकल सहित सात जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । विभिन्न मितिमा चोरी भएका मोटरसाईकल र प्राप्त निवेदनका आधारमा ती सात जनालाई पक्राउ गरिएको हो । केही दिन अघि पनि राजविराजबाटै चोरी भएको एउटा मोटरसाईकललार्ई पीडितका आफन्तजनको सक्रियतामा भारतबाट बरामद गरेर ल्याईएको छ । यी सब घटनाहरुले सप्तरीमा आजकल सवारी साधन चोरीमा संलग्न गिरोहहरुको सक्रियता बढ्न थालेको प्रमाणित गर्दछ । यस्ता गिरोहको खोजतलास सहित चोरी नियन्त्रणतर्फ सक्रियता नदेखाउने हो भने आगामी दिनमा यस्ता थप घटना नहोलान् भन्न सकिन्न । चोरीका सवारी साधन भारतसम्म पनि पु¥याउने गरेको कुरा सावित भईसकेको छ । 
तसर्थ भारतीय सीमा नाकामा पनि चोरी नियन्त्रणका लागि कडाई गरिनुपर्ने अवस्था आएको छ । जनतालाई सुरक्षको प्रत्याभूति दिलाउनु नै प्रहरीको प्रमुख जिम्मेवारी पनि हो । तसर्थ चोरी लगायतका आपराधिक घटना नियन्त्रणका लागि थप सक्रियताको आवश्यकता छ । अपराध बढ्नुलाई सुरक्षा चुनौतीको रुपमा स्वीकार्दै आवश्यक कदम चाल्नु सान्दर्भिक हुनेछ ।