• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दशैं सकिएर अर्को महत्वपूर्ण पर्व तिहार आउने क्रममा छ । यही समयमा अहिले जुवा खेल्ने क्रम निकै बढेर गएको छ ।
तिहारमा जुवा खेल्ने प्रचलन बढी रहँदै आएको सन्दर्भमा त्यस अघि देखि नै तास, कौडा, लङ्गुर वुर्जा, लक्की सेभेन लगायतका थरिथरिका जुवा चल्न थालेको जताततै देखिन थालेको छ । जुवा सामाजिक विकृति हुनाका साथै यो खेल्ने र खेलाउने कार्य पनि गैरकानूनी हो । प्रहरी परिचालन गरेर यस्तो अबैध कार्यलाई नियन्त्रण गर्नु पर्नेमा अहिले जुवा खेल्ने क्रम बढ्दै गएका कारण प्रहरी प्रशासनले पनि यसप्रति आँखा चिम्लेको त होईन? भनी आशंका व्यक्त गर्न थालिएको छ । जुवाले धेरैका विल्लीपाठ नै परिसकेको र यस्तो विकृतिलाई अंगाली राख्ने हो भने भविष्यमा पनि धेरैको विल्लीपाठ नहोला भन्न सकिन्न । जुवामा एउटाले नहारिकन अर्कोले जित्न सक्दैन । त्यसैले एउटाले जिते पनि अर्कोले हार्नै पर्ने हुन्छ । जुवाकै कारणले अन्य आपराधिक घटनाको सम्भावना पनि रहने भएका कारण सामाजिक रुपले पनि यसलाई राम्रो मानिदैन । 
सामाजिक विकृतिका रुपमा ग्रहण गरिएको जुवामाथि नियन्त्रणका लागि विशेषतः दशैं, तिहार लगायतका चाडवाडका समयमा बढी सक्रियताको आवश्यकता पनि भएका कारण प्रहरी प्रशासनले यस तर्फ पनि दृष्टि पु¥याउन आवश्यक देखिन्छ ।