जेनजी युवाहरुले स्थलगत अवलोकन सहित राजविराज बस पार्कलाई सञ्चालनमा ल्याउन माग गरेका छन् ।
जेठ १५ गते नै तामझामका साथ उद्घाटन गरिएको भए पनि त्यसलाई सञ्चालनमा ल्याउने सवालमा कानमा तेल हालेर सम्बन्धित निकायका व्यक्तिहरु सुतेका कारण करोडौंको लगानी र दसकौंको प्रतीक्षा पछि निर्माण सम्पन्न भएको यो भौतिक संरचना प्रयोगमा आउन सकिरहेको छैन । राजविराजको मेनरोडमा पार्कि· गरी अहिलेसम्म पनि सार्वजनिक यातायातका साधनहरु सञ्चालन हुँदै आएका छन् । तिनलाई बस पार्कबाट सञ्चालनमा ल्याउनका लागि जिम्मेवार रहेको राजविराज नगरपालिकाले चासो नलिएका कारणले नै एकातिर नयाँ बसपार्क अहिलेसम्म सुनसान अवस्थामा छ भने अर्को तर्फ जथाभावी पार्किगका कारण नगर क्षेत्र अस्तव्यस्त बन्दै आएको छ । व्यस्त सडकमा सार्वजनिक यातायातका साधन पार्कि· गर्ने, त्यहीँ यात्रु चढाउने, जथाभावी रोक्ने, तिब्र गतिमा गाडी चलाएर प्रतिस्पर्धा गर्ने जस्ता गतिविधि रहनाले दुर्घटनाको जोखिम, सडकजाम जस्ता समस्या बढेका छन् । तर तयारी भएको बसपार्कलाई सञ्चालनमा ल्याउने सवालमा नगरपालिकाको उदासीनता अहिलेसम्म पनि हटेको छैन ।
‘छिट्टै बसपार्क सञ्चालनमा ल्याउँछौं’ भनिए पनि भने जस्तो नभईरहेको हुनाले का.वा. नगरप्रमुखले यसप्रति ध्यान दिन जरुरी छ ।