• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

अध्यक्ष त्रिपाठीको ठहर :  भुमि विधेयक पारित भए तराई मधेश मरुभूमि बन्ने पक्का’

अध्यक्ष त्रिपाठीको ठहर :  भुमि विधेयक पारित भए तराई मधेश मरुभूमि बन्ने पक्का’
न्यूज टुडे
राजविराज,१७ भदौ । 
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भुमि विधेयक मधेसको हितमा नरहेको बताएका छन् ।राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै  उनले भूमि विधेयक पारित भए तराई मधेश मरुभूमि बन्ने पक्का रहेको बताएका हुन् ।
 उनले अव्यवस्थित बसोबासीलाई डेढ बिघा जग्गा वितरण गर्न खोज्नु नै चुरे विनाश गर्न खोज्नु भएको बताए ।
भूमिहीन ‘सुकुम्बासी र भूमिहीन दलितलाई  २ कठ्ठा, किसानलाई ६ कठ्ठा र अव्यवस्थित बसोबासीलाई डेढ विघा जग्गा बाँड्ने प्राबधान नै अव्यवहारिक रहेको उनको भनाइ थियो ।
यसले भूमिहीन सुकुम्बासीलाई भन्दा हुनेखानेलाई बढी फाइदा पुग्ने उनको भनाइ छ । 
उनले विधेयकले बनको जग्गा अतिक्रम गरि बसोबास गर्नेहरुलाई जग्गाको लालपुर्जा दिएर मधेशलाई मरुभूमिकरण बनाउन खोजेको बताए 
चुरे विनाशको चरणमा हुदै अहिले नै पानीको समस्या रहेकाे भन्दै अध्यक्ष त्रीपाठीले चुरेकाे विनाश भएसंगै थप जटिल अबस्था आउने बताए । 
‘भुमिहिनलाई जग्गा दिनेमा कुनै समस्या नभएको बताउँदै उनले अव्यवस्थित बसोबासीलाई बढी जग्गा बाड्ने कुरा मान्य नहुने जिकिर गरे । 
सरकारले मधेसी नेताहरुमाथि निसाना बनाएकोले यसको विरुद्ध संघीय लोकतान्त्रिक मधेसी मोर्चा अगाडि बढिसकेको उनले बताए । 
मधेस आन्दोलनबाट प्राप्त अधिकार खोस्न सरकारले मधेसी नेतामाथि पालोसंग झुठा अभियोग लगाएको बताउँदै उनले मधेसी आदिवासी जनजाति, थारु, मुश्लिम, दलित, महिलाको प्रतिनिधित्व र अधिकारका लागि पहिचान पक्षधर एकजुट हुनुपर्नेमा जोड दिए ।