तराई–मधेशका जिल्लाहरुमा अहिले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण तिब्र गतिले फैलिने थालेको छ । एक सय १३ जना इन्सेफलाइटिसबाट सङ्क्रमित हुँदा २३ जनाको मृत्यु भएको समाचार छ ।
लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती यस वर्ष जापानिज इन्सेफलाइटिसबाट बढी प्रभावित प्रदेश छन् । क्फलेक्स जातिको लामखुट्टेको टोकाईबाट सर्ने यस रोगबाट बच्न लामखुट्टेबाट सुरक्षित रहनु नै सर्वोत्तम उपाय हो । लामखुट्टेमा हुने वृत्ति विकास र मानिसको बढ्दो आवागमन सँगै जापानिज इन्सेफलाइटिस तराई हुँदै पहाडी क्षेत्रमा समेत फैलिन थालेको छ । सरकारी तथ्याड्ढमा उल्लेख भए अनुसार यस रोगबाट सङ्क्रमित मृत्यु हुनेहरुको संख्या पनि वर्षेनी बढ्दो छ । जलवायु परिवर्तन सँगै लामखुट्टेजन्य रोगको स्वरुप पनि बदलिएर पहाडमा समेत फैलिन थालेका कारणले सङ्क्रमित र मृतकहरुको संख्या पनि बढ्दो क्रममा रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको कथन छ । उपचार पश्चात पनि करीब ५० प्रतिशतलाई स्नायु प्रणालीमा दीर्घकालीन असरदेखिने जापानिज इन्सेफ्लाइटिस उच्च घातक रोग मानिएको छ । लामखुट्टेबाट सर्ने भएका कारण यस रोगको नियन्त्रणका लागि लामखुट्टको वंशवृद्धि रोक्नेतर्फ ध्यान दिनु उपयुक्त हुन्छ । घर वरिपरी पानी जम्न नदिने, सरसफाईमा विशेष ध्यान पु¥याउने र लामखुट्टेको टोकाईबाट जोगिने उपाय उपलब्ध गर्नु नै सर्वाेत्तम उपाय हो । यसका लागि जनस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिनु सान्दर्भिक हुनेछ ।
लामखुट्टेको बढ्दो प्रकोपलाई दृष्टिगत गरी स्थानीय स्तरमा पालिका तथा स्वास्थ्य संस्थाहरुले समुदायका जनतालाई जापानिज इन्सेफलाइटिस रोगको बारेमा जानकारी दिने, सुरक्षित रहने उपायका बारेमा बताउने तर्फ संक्रमित देखाउन सके त्यो बढी प्रभावकारी बन्नेछ ।