• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज नगरपालिकाले मेनरोडमा भईरहेको अतिक्रमण हटाउन सुरु गरेको छ ।
सडकमा ठेला राखेर पसल चलाउने, छाउनी छाप्रा लगाएर फुटपाथमा अवरोध सिर्जना गर्ने लगायतका अतिक्रमण हटाई सडक आवागमन सहज तुल्याउने कामको थालनी गरेको भएपनि यो कहिलेसम्म सुचारु रहने हो भन्ने चाहीँ अहिले नै ग्यारेटी गर्न सकिन्न । नगरपालिकाले यस अघि पनि यस्तो अभियान नचलाएको होईन । तर त्यसको केही दिनमै अतिक्रमण उस्तै भएपछि ती अभियान निरर्थक बनेको अनुभव ताजै छ । पसल, ठेला र छाप्रा मात्रले अतिक्रमण  गरेको भन्दा पनि अव्यवस्थित पार्किङका कारणले पनि आवागमन सकसपूर्ण बन्दै आएको छ । सडकका दुवै तर्फ जथाभावी गरिने पार्किङका कारणले सडक साँधुरो बन्दै गएको छ । नगर क्षेत्रमा सवारी साधनको चाप बढ्दै गएका कारण पार्किङ व्यवस्थापनमा ध्यान नदिने हो भने दुर्घटनाको जोखिम पनि बढेर जानेकुरा निर्विवाद नै छ । सडकमै छाडा चौपाया विचरण गर्ने क्रम रोकिएको छैन । यसैगरी सडककै छेउमा फोहोर ल्याएर थुपार्ने क्रम रोकिएको छैन । कतिपयले नगरपालिकाले फोहोर उठाएर लगिसकेपछि बीच सडकमै ल्याएर फोहर फाल्ने गरेका छन् । साना ब्यापारी तथा ठेला नियन्त्रण लिएर मात्र अतिक्रमणको समस्या समाधान भईहाल्छ भन्ने होईन ।
नगरका मुख्य सडकमा ट्राफिक संकेत अंकित बोर्ड लगाउने, ट्राफिक नियमको पालना गराउने, जथाभावी फोहर फाल्नेमाथि कडाई गर्ने, छाडा चौपाया नियन्त्रण तथा बसपार्क सञ्चालनमा ल्याउने तर्फ चासो लिँदै नगरका सडक अतिक्रमणमुक्त गरिनु पर्ने आवश्यकता छ ।