• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एक त राजविराजको हटिया व्यवस्थित गर्न सकिएको छैन । सपिंग कम्प्लेक्स निर्माणका नाममा ठाउँ खाली गर्न लगाएर त्यहाँ पुस्तौदेखि ब्यापार व्यवसाय गर्दै आएकाहरुलाई विस्थापित हुन बाध्य पारियो । अहिलेसम्म हटियालाई पुनस्र्थापना गर्ने तर्फ नगरपालिकाले चासो देखाएको छैन ।
यस्तै भद्रगोल माहौलका बीच पनि बाहिरबाट सामान बेच्न आएका साना ब्यापारीमाथि मनपर्दी बट्टी असुल्न थालिएको ब्यापक गुनासो छ । ब्यापारीलाई सुविधा दिने, ब्यापारका लागि निर्धारित स्थानलाई व्यवस्थित तुल्याउन त कता हो कता, उल्टै बट्टीका नाममा जथाभावी असुली धन्दा चलाएर व्यवसायीहरुलाई निरुत्साहित गर्ने काम गरिन्छ भने यस्तो पाराले हटिया अझै उजडिएर नजाला भन्न सकिन्न । यसरी असुली गरिने बट्टी पनि बोल्न सक्नेलाई कम र निमुखालाई त्यसको तेब्बर बढाएर रकम उठाउने गरिएको ब्यापक गुनासो छ । मुख ताकेर वा तजबिजी आधारले बट्टी असुल्ने अधिकार कसैलाई पनि छैन । यसरी मनपर्दी असुली गरिनछ भने सम्बन्धित निकायले त्यस उपर कडाई गरी आवश्यक परे कारवाही चलाउने तर्फ पनि सक्रियता देखाउनु पर्ने हुन्छ । उसै पनि सुक्दै गएको राजविराजको ब्यापारलाई यस्तो पाराले अझै निरुत्साहित तुल्याउने छ । बट्टी उठाउने कार्य तोकिएको मापदण्डभित्र सिमित रहेर उठाईनुपर्दछ । यसका साथै ब्यापारीहरुका लागि दिईनु पर्ने सुविधा प्रति पनि ध्यान पु¥याउनु पर्ने कुरालाई विर्सन मिल्दैन ।
राजविराज नगर स्थापनाकालसँगै हटियाको पनि व्यवस्था गरिएको हो । नगरको इतिहाससँगै जोडिएको यस संरचनालाई सुरक्षित राख्नाका साथै ब्यापारीहरुलाई आकर्षित तुल्याउने योजनाका साथ नगरपालिका अघि बढ्नु वाञ्छनीय हुनेछ ।