• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आकर्षक शिलालेख जडानसहित तामझामपूर्वक राजविराज बसपार्क उद्घाटन गरेको महिनौं वितिसकेको छ । उद्घाटनकै क्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुखले चाँडै नै बसपार्क सञ्चालनमा ल्याउने कुरा बताएकी थिईन ।
त्यसपछि पनि विभिन्न समय तोक्दै बसपार्क सञ्चालनमा ल्याईने भनिएपनि अहिलेसम्म राजविराज बसपार्क सुनसान झैं छ । बसपार्क सञ्चालना चासो नलिंदा नगरपालिकाका जनप्रतिनिधिलाई त केही फरक नपर्ला । तर नगरका मेनरोडमै गरिने सवारी साधनको पार्कि· र अत्यधिक चापका कारणले नगरको अवस्था चाहीँ अस्तव्यस्त बनेकै छ । यसले गर्दा नगरवासी लगायत अन्य सबैलाई कष्टबोध हुनु अस्वाभाविक होईन । नगरका मेनरोड अस्तव्यस्त छन्, छाडा चौपायाको विगविगी छ, पैदल आवागमनमा पनि सकसपूर्ण अवस्था रहेको छ । यस्ता समस्याको हल खोज्ने जिम्मेवारी पनि नगरपालिकाकै हो । तर करोडौं रुपियाँ खर्चेर तयार गरिएको बसपार्कलाई सञ्चालनमा ल्याउन पनि चासो नलिने नगरपालिकाले नगर क्षेत्रको अरु विकास कसरी गर्ला ? प्रश्न उठ्नुलाई अस्वाभाविक भन्न मिल्दैन ।
तयारी भएर उद्घाटन पनि भईसकेको बसपार्कलाई सञ्चालनमा ल्याउनमा जति ढिलाई हुन्छ उति नै नगरपालिकाप्रति नकारात्मक धारणा बन्न सक्छ भन्ने कुरामा नगरपालिकाका जनप्रतिनिधिले ध्यान दिनुपर्ने आवश्यकता छ । यसमा हुने विलम्वले नगरको अस्तव्यस्तता पनि बढेर जानेमा आशंका रहने छैन ।