• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गुठी संस्थाबाट विविधवत लिजमा लिएर नेपाल पत्रकार महासंघ मधेश प्रदेशका लागि भवन निर्माणार्थ जग्गाको साँध सिमाना छुट्याउने क्रममा मंगलबार जनकपुरमा अनपेक्षित घटना घटेको छ ।
महासंघको भवन निर्माणका लागि लिईएको उक्त जग्गा आफूहरुको पार्कि· स्थल रहेको दावीका साथ कानून व्यवसायीहरुको एक समूह आएर पत्रकारहरुमाथि कुटपिट गरेका छन् । उक्त घटनामा महासंघको मधेश प्रदेश अध्यक्ष, महासचिव सहित अन्य केही पत्रकार घाइते भएका छन् । केही पत्रकारलाई चोटपटक लागेको छ । महासचिव शैलेन्द्र महतोको पैतालाको हड्डी नै भाँचिएको छ । गत साउन १९ गते गुठी संस्थासित महासंघको भवन निर्माणका लागि ४ कठ्ठा जग्गा लिमा लिने सम्झौता भएर भवन निर्माणको तयारी हुन लागेको हो । विभिन्न संघ–संस्थाले प्रस्ताव पेश गरेपछि प्राविधिक था आर्थिक प्रस्ताव मूल्यांकनमा महासंघको प्रस्ताव स्वीकृत भएको हो । गुठी संस्थानसित विविवत प्रर्कया पूरा गरेर मासंघले भवन निर्माणको काम अघि बढाउन चाहँदा यसरी कुटपिटमै ओर्लनुलाई अर्घेल्याँ नै मान्नु पर्ने हुन्छ । लोकतन्त्रका लागि एउटै मोर्चाबाट निरंकुशताबिरुद्ध लडेका वकील र पत्रकारका बीच नै यसप्रकारको घटना हुनु दुःखद पक्ष हो । जग्गामा कुनै प्रकारको आफ्नो दावी रहेको हो भने त्यसका लागि कुटपिटमै उत्रनु समस्याको समाधान हुन सक्दैन ।
न्याय निरुपण वा छलफल मार्फत निकास खोज्न सकिने उपाय रहँदा रहँदै बल प्रयोगमा उत्रनुलाई कुनै पनि दृष्टिकोणबाट उचित मान्न सकिन्न । दुई बौद्धिक वर्ग बीचको विवादलाई बौद्धिक स्तरबाटै निकास खोजियो भने नै त्यसलाई शोभनीय मान्न सकिने छ ।