सप्तरीमा सडक दुर्घटनाको क्रम बढ्दो छ । सोमबार मात्र शम्भुनाथ नगरपालिका–८ मा टेम्पो र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक अजयकुमार चौधरीको मृत्यु भयो । सोही दिन बलान बिहुल गाउँपालिका–६ हुलाकी सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परी शान्तिकुमारी यादवले ज्यान गुमाईन ।
यसैगरी गत शनिबार अग्निसाईर कृष्णसवरण गाउँपालिका–२ मा बस्ने ठक्कर दिँदा स्थानीय बुदुर चौधरीको ज्यान गयो । दिनैपिच्छे जस्तो दुर्घटना भईरहेका कारण यसको न्यूनीकरण तर्फ सोच्नु पर्ने भएको छ । दुर्घटना हुनु पछाडिका विभिन्न कारण हुन सक्छन् । तीब्र गति मापसे सेवन गरी सवारी साधन चलाउनु, थोत्रा तथा दुरुस्त अस्थामा नरहेका सवारी साधन, क्षमता भन्दा बढी यात्रु चढाउने प्रवृत्ति, ट्राफिक नियमको उल्लंघन लगायत विभिन्न कारणले दुर्घटना हुन सक्दछ । सडक जीर्ण रहेका कारणले पनि त्यस्ता सडकमा सवारी साधन चलाउँदा जोखिमपूर्ण अवस्था रहन्छ । सडकमा ट्राफिकको उपसिथ्ति भएमा धेरै हदसम्म दुर्घटना न्यूनीकरणमा सफलता मिल्न सक्दछ ।
सप्तरीमा ट्राफिक प्रहरीको संख्या थप गरेर भएपनि दुर्घटना न्यूनीकरणको व्यवसथा मिलाउन सकियो भने त्यो प्रभावकारी बन्न सक्दछ । प्रहरी मात्रको एकल प्रयास भन्दा पनि यसमा सबै पक्षको सकारात्मक भूमिका अझै प्रभावकारी रहने छ ।