• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पूर्व सिँचाई मन्त्री तथा नेकपा(माओवादी केन्द्र) का नेता उमेश कुमार यादवले सीमा क्षेत्रका जनता तस्कर तथा प्रहरी दुबैबाट असुरक्षित रहेको टिप्पणी गरेका छन् ।
सप्तरी निवासी नै रहेका यादवले सप्तरीको राजगढ गाउँपालिकामा केही दिन अघि भएको घटनाको प्रसंगलाई लिएर सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् । सीमा क्षेत्रमा तस्करी बढेको र यसमा प्रहरीको समेत मिलेमतो रहने गरेको नेता यादवको धारणा छ । प्रहरीका सादा पोसाकका घुमुवा तथा स्थानीय प्रहरी यूनिटको सेटिंगमा हुने गरेका तस्करीमा कतिपय अवस्थामा ठूला तस्करले चाहिँ तिनीहरु भन्दा पनि माथिल्लै तहमा सेटिंग मिलाएर धन्दा चलाउने भएका कारण तिनीहरुका वीचमा यसको सम्प्रेषण नहुँदा वा भागबण्डा नमिलेको अवस्थामा समस्या उत्पन्न हुने गरेको उनको धारणा रहेको छ । यादवले मधेशमा सरुवा गर्दाकै क्रममा अपवाद बाहेक गृह प्रशासनले मोटो रकम लिने गरेको,रकम तोकेरै यस्तो सरुवा हुने गरेको भन्दै उनले मधेशलाई हेर्ने दृष्टिकोण नै औपनिबेशिक रहेका कारण स्थानीय प्रशासनको व्यवहार पनि त्यस्तै रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । तराई मधेशका भारतीय सीमा नाका क्षेत्रमा तस्करीको अबैध धन्दा चल्ने गरेको कुरा नौलो होईन । त्यसको नियन्त्रणमा खटेका प्रहरीले नै पूर्वमन्त्री यादवले भने जस्तो काम गरेका हुन् भने यसलाई गम्भीर रुपमा लिनु पर्ने हुन्छ । प्रहरीले नाकामा गस्ती गर्दछन् ।
तस्करी लगायतका अबैध धन्दा हुन नपाउन् भनेर नै उनीहरुको तैनाथि गरिएको हुन्छ । तर उनीहरु नै सेटिंगमा काम गर्न थाल्छन् भने यसलाई सामान्य रुपमा लिन मिल्ने कुरा कदापि हुन सक्दैन ।