सप्तरीको रुपनी गाउँपालिका ३ स्थित कटैयामा शुक्रबार करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । आफ्नै खेतमा मोटरबाट सिंचाइ गर्ने क्रममा स्थानीय ४२ बर्षिय शम्भु कुमार इसरको विहान ५ बजे करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।
मृतक शम्भु कुमार इसर । फोटो: नर्मदेव यादव
दिनाभद्री मन्दिरबाट पश्चिम रहेको खेतमा मोटरबट पानी लगाउने क्रममा करेन्ट लागेर इसरको मृत्यु भएको रुपनी गाउँपालिका ३ का वडा अध्यक्ष अमर मुखियाले बताए ।
करेन्ट लागेको थाहा पाउनसाथ इलाका प्रहरी कार्यालय पथलगडालाई जानकारी गराई प्रहरी घटना स्थल पुग्दा इसरलाई मृत्यु भएको अवस्था भेटिएको उनले जानकारी दिए ।
घटना स्थलमा प्रहरी टोली खटी कानूनी प्रक्रिया पूरा गरि मृतकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लाने तयारी भइ रहेको वडा अध्यक्ष मुखियाले बताए ।
सप्तरीमा खडेरी लागेपछि खेतमा पानी लगाउने क्रममा दर्जनौं किसानको ज्यान गएको छ ।