सप्तरीमा जङ्गली हात्तीले उपद्रो गर्न छाडेको छैन । पछिल्लो चरणमा अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको मोहनपुरमा तीन दिन अघि एक हुल हात्ती पसेर धानवाली नष्ट गरेका छन् ।
खडेरी परेका कारण अनेक कष्टसाथ जसोतसो रोपाइँ गरेको बालीमा छ्यापक क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । सप्तरीको पूर्वीत्तर भेगका बासिन्दालाई जङ्गली हात्तीले पु¥याउने गरेको क्षति यो नौलो घटना होईन । यस अघि पनि पटक–पटक बस्तीमा पसेर हात्तीको समूहले घर भत्काउने, बालीनाली अन्नपात नष्ट गर्ने जस्ता उपद्रो गर्दै आएका छन् । हात्तकिो आक्रमणबाट ज्यानै गुमाउनु परेको अवस्था रहँदा पनि त्यसको सुरक्षा प्रति सरकार सम्वेदनशील हुन सकेको छैन । दिनभरि खेतबारीमा काम गरेर थोकेका किसानले राती पनि राम्ररी निदाउन नपाउने अवस्था छ । रातको समय कति बेला हात्ती आएर उपद्रो मच्चाउने हो भन्ने चिन्ताले रात्री जाग्रामको बाध्यताले छोेपेको भएपनि सुरक्षाको प्रवन्ध मिलाईएको छैन । कोशी टप्पु वन्यजन्त आरक्षबाट आउने हात्ती लगायतका हिंस्रक जनावरबाट सुरक्षाको माग गर्दै जनताले कैयौं पटक आन्दोलन नै गरिसकेका छन् । प्रशासनले सुरक्षा व्यवस्थाका लागि पहल गर्ने भनी प्रतिबद्धता गरेपछि आन्दोलन स्थगित गरिन्छ । तर गरेको प्रतिबद्धता पूरा नभएका कारण अहिलेसम्म त्यहाँका जनताको निद्रा हराम भईरहेको छ । निर्वाचनका समयमा सबै जसो उम्मेदवारले यस समस्यालाई उठाएर समाधानको प्रयास गर्ने भनी प्रतिबद्धता गर्ने गरेका छन् । तर चुनाव जितेर गएपछि कुनै पहल नगर्दा अहिलेसम्म यो समस्या यथावत छ । जनप्रतिनिधिले जनताका समस्याप्रति ध्यान नदिने हो भने जनताले मत दिएको के अर्थ रहला?
तसर्थ जनताले पाएको सास्ती प्रति सम्वेदनशीलता देखाउँदै जङ्गली जनावरबाट उनीहरुको सुरक्षार्थ सरकारलाई घचघच्याएर अविलम्व यस समस्याको समाधान गराउने तर्फ पहलकदमी लिनुपर्ने टड्कारो आवश्यक छ ।