• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका–६ मोहनपुरकी एक महिलाको दुई दिन अघि सर्पदंशबाट मृत्यु भएको छ ।
सर्पले टोकेपछि उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकोमा उनको अस्पतालमै निधन भएको हो । बढ्दो गर्मीसँगै सप्तरी लगायत तराई मधेशका जिल्लाहरुमा सर्पको बिगबिगी बढ्दो छ । यसै क्रममा सर्पदंशका घटनामा पनि दृष्टि हुने गरेको छ । वर्षा नभएका कारणले जमिनमुनि अध्यधिक गर्मी रहने र त्यसैकारण सर्पहरु बाहिर निस्कने गरेका कारण यस्तो बिगबिगी बढेको अनुमान गर्न सकिन्छ । शहरी क्षेत्र भन्दा गाउँघरमा सर्पदशंका घटना बढी हुने गरेका छन् । तर ग्रामीण भेगमा सर्पदशंको उपचार गर्ने व्यवस्था नरहेका कारण जनताले अकालमै ज्यान गुमाउनु परिरहेको अवस्था छ । सप्तरीको अवस्था पनि यस भन्दा फरक देखिँदैन । अग्नीसाईर कृष्णसवरण–६ मा सर्पदशंमा परेकी महिलाको उपचारका लागि सदरमुकामस्थित अस्पताल पु¥याउनु प¥यो । तर पनि उनलाई बचाउन सकिएन । सर्पदशंमा परेकाहरुको उपचारका लागि ठाउँ–ठाउँमा यस्ता उपचार केन्द्रको व्यवस्था गर्न अति आवश्यक छ । किनभने टाढा–टाढा रहेका अस्पताल तथा उपचार केन्द्रसम्म पु¥याउँदा समय बढी लाग्ने अनि समयमा उपचार नपाएका कारण विरामीको ज्यानै सम्म जाने दुःखद अवस्था आउने कुरालाई नकार्न सकिँदैन ।
जनताको जीवन रक्षाको जिम्मेवारी सरकारकै हो । यस हिसाबले पनि सर्पदशंको सुलभ उपचारका लागि आवश्यक व्यवस्था मिलाउन जरुरी छ ।