सप्तरीको शम्भुनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार हाजिर भएका छन् । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयबाट सरुवा भइआएका सुतिहार सोमबार शम्भुनाथ नगरपालिकामा हाजिर भएका हुन् ।
हाजिरहुँदै प्रमुख प्रशासकीय अधिकृत सुतिहार । फोटो : न्यूज टुडे
प्रमुख प्रशासकीय अधिकृत सुतिहारलाई कार्यबाहक प्रमुख अनिता चौधरीलगायतका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका छन् ।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत विनय सोनुको सरुवा भएपछि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका सुतिहारले सोमबार पदभार ग्रहण गरेका छन् ।
उनले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकासहित विभिन्न जिल्लाको पालिकाहरुमा कुशलतापूर्वक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।