न्यूज टुडे
राजविराज, १९ चैत ।
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट प्रेस मञ्च, नेपाल सप्तरीको अधिवेशन चैत २१ गते हुने भएको छ । प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिले प्रदेश अन्तर्गतको अधिबेशनको तालिका सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो ।
जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । बारा, पर्सा र रौतहटमा आयोजित अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रेस मञ्च नेपालका महासचिव अबधेश झाले जानकारी दिए । उनका अनुसार पर्सामा रामजी यादव, बारामा मेघराज पासमान (निखिल) र रौतहटमा किशोरी यादवको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरिएको छ ।
प्रेस मञ्च, नेपालले मधेस प्रदेश अन्तर्गतका जिल्लामा अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार सङ्गठनले चैत्र २० गते सिरहा, २१ गते सप्तरी, २२ गते महोत्तरी, २३ गते धनुषा र २४ गते सर्लाही जिल्ला अधिवेशन गर्ने भएको छ ।
अन्य प्रदेश अन्तर्गतका जिल्लाहरुको अधिवेशन सम्पन्न भएसँगै प्रेस मञ्च, नेपालले केन्द्रीय समितिको अधिवेशन गरिने महासचिव झाले बताए ।
जसपा नेपालले पार्टी निकट भातृ तथा सुबेच्छुक संगठनहरुलाई बैशाख मसान्तसम्म अधिवेशन गरिसक्न परिपत्र गरेको छ ।