मधेस प्रदेशकी उपसभामुख वविता राउतले सप्तरीको विष्णुपुर गाउँपालिका ७ मा सोमबार सामुदायिक भवनको शिलान्यास गरेकी छिन् । महन्थ बेचु भगत रामजानकी मन्दिर सामुदायिक भवन बण्ड्रीवाल निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रजीत यादवको अध्यक्षतामा आयोजित एक समारोहका वीच उनले सामुदायिक भवन शिलान्यास गरेकी हुन् ।
मधेस प्रदेश सरकारको ३५ लाख ३४ हजार ५ सय ४५ रुपैयाँको लागतमा निर्माण हुने भवन उपसभामुख राउतले भुमीपुजन तथा इट्टा स्थापना गरि शिलान्यास गरिन ।
भवन शिलान्यास कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुरेन्द्र मधेसी, सप्तरी जिल्ला इन्चार्ज रामगमन साह, विष्णुपुर गाउँपालिका ७ का वडा अध्यक्ष लोचन साह, पूर्वाधार विकास कार्यालय राजविराजका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
पूर्वाधार विकास कार्यालय राजविराजले उक्त भवन निर्माणका लागि २०८१ चैत ५ गतेदेखि २०८२ असार १५ गतेसम्म कार्यसम्पन गर्ने गरि कार्यादेश दिएका छन् ।