• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोसी नगरपालिकामा आगलागी, एकजना घाइते, भैसी, बाख्रा जलेर मरे

सप्तकोसी नगरपालिकामा आगलागी, एकजना घाइते, भैसी, बाख्रा जलेर मरे
न्यूज टुडे
राजविराज, १४ चैत । 

सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजलीमा  बुधबार राती आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय  सोम प्रसाद आचार्यको घर तथा गोठमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको हो ।

आगो नियन्त्रणको प्रयास गरिदै । फोटो : न्यूज टुडे
आचार्यको गाईगोठमा बालेको आगोबाट राती ११ बजे अचानक आगलागी हुँदा उक्त गाईगोठ पुर्ण रुपमा जलि नष्ट भएको तथा आगोबाट निजको जस्ताको छाना र काठले बनेको २ तले घर जली क्षति भएको प्रहरीले जनाएको छ । 
आगो निभाउने क्रममा घर धनी आचार्यको हात खुट्टा र शरिरमा समेत जलि घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी फत्तेपुर पठाईएको तथा उनको अबस्था सामान्य रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
उनका अनुसार आगलागीमा  भैसीको पाडा १ र बाख्रा २ जली मरेको तथा पन्ध्र लाख बराबरको  क्षति भएको छ । 
आगो कञ्चनरुप नगरपालिकाको दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा साढे ११ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको डिएसपी बस्नेतले जानकारी दिए ।