• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रमुख प्रशासकीय अधिकृत चौधरीको विदाई
शिवप्रसाद आचार्य
फत्तेपुर, १३ फागुन ।।
सप्तरीको सप्तकोसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप सचिव रामदेव चौधरीलाई विदाई गरिएको छ । उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि मंगलबार एक भब्य  समारोहका वीच उनलाई विदाई गरिएको हो।
विद्यालय शिक्षक कर्मचारीहरुसंग विदाइ भएका चौधरी । फोटो : न्यूज टुडे
पटक पटक गरी सप्तकोसी नगरपालिकाको करीब चार वर्ष  प्रमुख प्रशासकिय अधिकृत भएका चौधरी  २०४४ सालमा शिक्षकको रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। शिक्षकको रुपमा काम गर्दा गर्दै  २०५३ सालमा विद्यालय निरीक्षकको रुपमा सेवा गर्ने अवसर पाएका थिए। 
जागिरे जीवनमा  तत्कालीन जिल्ला शिक्षा कार्यालय सप्तरीमा सहायक जिल्ला शिक्षा अधिकारीको रुपमा लामो समय  काम गरेका चौधरी रौतहट जिल्लामा जिल्ला शिक्षा अधिकारीको रुपमा पनि  काम गरेका थिए। 
२०७० साल देखि नेपाल सरकारको उप सचिवको रूपमा बढुवा भएका चौधरी २०८१ सालमा नेपाल सरकारको  दशौं तहको निजामती कर्मचारीको रूपमा  सप्तकोसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत थिए ।
विदाई कार्यक्रममा  सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल, नगर उप प्रमुख रिता चौधरी ,नगरका कर्मचारी, सामुदायिक तथा निजी विद्यालयका शिक्षक, जनप्रतिनिधि , विभिन्न संघसंगठनका प्रतिनिधि लगायतले सम्मानका साथ मायाको चिनो प्रदान गरी विदाई गरेका थिए। 
कार्यक्रममा सप्तकोसी नगरालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालले प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकाल सुखद रहेको बताए। कार्यक्रममा बोल्दै चौधरीले अबको समय बौद्धिक क्षेत्रमा खर्च गरिने बताए।