प्रियष्मी शर्मा
भारदह, २९ पुस ।
कोशी मेलमा श्रदालूभक्तजनहरुको विहानैदेखी घुइँचो लागेको छ। सप्तकोशी नदीमा स्नान तथा नदी किनारमा खानपिन गरी रमाइलाे गरिने कोशी मेलामा सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको हाे।
विशेष गरी भारदहस्थित कोशी ब्यारेज, सप्तकोशी नगरपालिकाको ओद्राहास्थित मेग्जिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानमा भक्तजनकाे भीड लागेकाे छ।
सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेज बाहेक चारपांग्रे गाडीको असहजता भएका स्थानहरुमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी नै घुइँचो लागेका छन्।
कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको स्थानीयले जनाएका छन् ।