• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दशैको मुखमा अकासियो तरकारीको मुल्य 
न्यूज टुडे
राजविराज, १८ असोज ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारमा दशै मुखमा तरकारीको मुल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेको छ । दशैमा अशोभनीय रुपमा तरकारीको मुल्य अकासिएपछी उपभोक्ता मर्कामा परेको हो ।
एकहप्ताको तुलनामा तरकारीको मुल्य दोब्बर बढेको उपभोक्ताहरु बताउछन् ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका  वडा नम्बर १ की उर्मिला दनुवारले चाडबाडको मौका पारेर व्यपारीहरुले तरकारीको मुल्य वृद्धि गर्दा आफुहरु मार्कामा परेको बताइन् ।  उनले  व्यापारीहरुले उपभोक्ताहरुलाई चरम शोषण गर्दा समेत सरोकारवाला निकाय मौन बसेको गुनासो गरिन ।
तरकारीमा भएको मुल्य वृद्धिले किनेर खान सकस भएको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ की अमिना खातुनले बताइन् । उनले चाडबाडको मुखमा तरकारी सहितका दैनिक उपभोग्य बस्तुमा भएको कालोबजारी रोक्न  गाउँपालिका र  स्थानीय प्रशासनसंग माग राखिन ।
उपभोक्तहरुका अनुसार शुक्रबार हरियो खुर्सानी प्रतिकिलो २ सय ८०, टमाटर प्रतिकिलो २ सय, अकबरे खुर्सानी ४ सय, फुल काउली १ सय ६०, परवल १ सय, भण्टा  १ सय, प्यज १ सय प्रतिकेजीको दरले खरिद गर्नुपरेको छ ।
स्थानीय व्यापारीहरुले पानीबाढीको कारण थोक विक्रेताहरुले तरकारीको मुल्य वृद्धि गरेकाले आफुहरुले पनि महंगो बेच्नु बाध्य भएको बताए । उनीहरुले तरकारीको मुल्य थप वृद्धि हुन समेत जानकारी दिए ।