• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुलुकको परिवर्तनका लागि गुणस्तरीय शिक्षा आबश्यक छ: उपेन्द्र 

मुलुकको परिवर्तनका लागि गुणस्तरीय शिक्षा आबश्यक छ: उपेन्द्र 
न्यूज टुडे
राजविराज, ९ पुस ।
पुर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको सबैखाले परिवर्तनका लागि गुणस्तरीय शिक्षा आबश्यक रहेको बताएका छन् ।सप्तरीको राजविराजमा मंगलबार नवनिर्मित इन्जिनियरिङ कलेजको भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादव । फोटो: न्यूज टुडे
राजविराज नगरपालिकाद्वारा आयोजित इन्जिनियरिङ कलेजको भवन हस्तान्तरण तथा उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बर्तमान अवस्थालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा समेत रुपान्तरण हुनुपर्नेमा जोड दिए ।
“विज्ञान र प्रविधिको युगसंगै अहिले संसार नै डिजिटल युगमा छ, उनले भने, संसारमा विक्न सक्ने शिक्षा आजको आबश्यकता हो, यसको लागि विकासमा पछाडी परेको हाम्रो जस्तो मुलुकमा प्राविधिक शिक्षाको अति जरुरी छ । “
यादवले इन्जिनियरिङ कलेज,  रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज, कृषी विश्वविद्यालय संचालनमा आएसंगै सप्तरीको मुहार फेरिने विश्वास व्यक्त गरे ।
नवनिर्मित इन्जिनियर भवन उद्घाटन समारोहमा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो : न्यूज टुडे
शिक्षा नै सम्पुर्ण परिबर्तनको अस्त्र रहेको बताउदै अध्यक्ष यादवले आफुले शिक्षा, स्वास्थ्य र सडक निर्माण कार्यलाई प्राथमिकताका साथ काम गरेको उल्लेख गरे ।
रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कानुनी प्रक्रियाको कार्य भइरहेको जानकारी दिदै अध्यक्ष यादवले प्रतिष्ठानको पुर्वाधार निर्माणको कार्य चाँडै सुरु हुने दावी गरे ।
भवन उद्घाटन पछि अवलोकन गर्दै अध्यक्ष यादव । फोटो : न्यूज टुडे
विकासको प्रमुख आधार शिक्षा क्षेत्र अस्तव्यस्त भएकोमा चिन्ता व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको अध्यक्ष यादवले शिक्षा क्षेत्रको सुधारका लागि सबैलाई आ- आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका निर्वाह गर्न  आग्रह गरे ।
अध्यक्ष यादवले देशमा रोजगारी सिर्जना गर्दै आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रमा आधुनिकीकरण आबाश्यकता रहेको बताए ।
राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा  आयोजित कार्यक्रममा नेपाल सरकारका पुर्व मन्त्री रेणु कुमारी यादव, मधेश प्रदेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रतिनिधिसभा सदस्य रन्जु कुमारी ठाकुर, प्रदेशसभा सदस्य मनिस सुमन, जिल्ला समवन्य समिति सप्तरीका सभापति शिव नारायण साह मविव क्याम्पस प्रमुख राजिव मिश्रा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, माओवादी केन्द्रका प्रतिनिधि जय जयनारायण मण्डल, नेकपा एमालेका प्रतिनिधि अखलेश झा, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, मविव क्याम्पसका स्ववियु सभापति रन्जित कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी राजविराजका नगरसभापति खेलानन्द दासलगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवद्वारा संचालित कार्यक्रममा स्वागत राजविराज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अरुण कुमार यादवले गरे ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का तत्कालीन साँसद उपेन्द्र यादवको संसदीय विकास कोषको ६ करोड बजेटबाट १५ कोठे इन्जिनियरिङ भवन निर्माण गरिएको थियो ।